अपराध

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

By खबरहब

January 25, 2022

पर्सा– १५ बर्षिय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा वीरगञ्जबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा वीरगञ्ज महानगरपालिका–२३ सबैठवा बस्ने २० वर्षीय युवक भनु यादव भनिने मुन्ना यादवलाई पक्राउ गरिएको हो।

पक्राउ परेका यादवले पीडित बालिकालाई अनुचित प्रभाव र दबाबमा पारी आफ्नै घरमा लगी पटक–पटक जबरजस्ती करणी गर्दै आएको प्रहरीले जनाएको छ।

गत माघ ५ गते राति उनले पीडित बालिकालाई वीरगञ्ज–१५ भिस्वा स्थित साथीको डेरामा लगी पुनःकरणी गरेको बालिकाका अभिभावकले प्रहरीमा जाहेरी दिएपछि यादवलाई उनकै घरबाट पक्राउ गरिएको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।

उनलाई जबरजस्ती करणी मुद्दामा अदालतबाट ६ दिनको म्याद थप गराई अनुसन्धान अघि बढाइएको खनालले बताए।