रोचक/विचित्र संसार

जब छोरालाई सारीमा झुन्ड्याएर नवौँ तला तल पुर्‍याइयो..

By खबरहब

February 25, 2022

दिल्लीको फरीदाबादको एक भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ । जसमा एक आमाले आफ्नो छोराको ज्यान जोखिममा पार्दै सारीको सहाराले नवौँ तलाबाट झुन्डाएर ८औँ तलामा खसेको कपडा उठाउन अह्राएकी छन् ।

भिडियोमा देखिए अनुसार तल्लो तलामा खसेको कपडा उठाउन आमाले छोरालाई नवौँ तलाबाट सारीमा समाउँदै जान अह्राउँछिन् । छोरा खसेको कपडा उठाएर सकुशल नै फर्किन्छन् । तर सामान्य गल्तीले पनि त्यहाँ ठुलो जोखिम हुन सक्थ्यो । भिडियो सर्वत्र भाइरल भएपछि बालबालिकामा गलत सन्देश जाने भन्दै इन्टरनेटबाट हटाइएको छ ।

नवौँ तलामा बस्ने मुनेश शर्मा नामक महिलाले सुकाएको कपडा आठौँ तलामा खस्यो । आठौँ तलामा ताला लागेको कारण त्यसलाई निकाल्न मुनेशले आफ्नो छोराको ज्यान जोखिममा पार्दै कपडा निकाल्न लगाइन् । पछि उनलाई यसमा पछुतो भएको बताएकी छन् । यता प्रहरीले यसको जाँच गरेको छ भने अपार्टमेन्टले समेत उनलाई चेतावनी दिएको छ ।