जीवनशैली

बाडुली रोकिएन ? यसो गर्नुहोस् हराउँछ

By खबरहब

February 25, 2022

बाडुली लाग्दा लामो समयसम्म हिक्कहिक्क हुन्छ । यसलाई गाउँघरमा कसैले सम्झेको भन्ने गरिन्छ । तर वैज्ञानिक रूपमा तातो खाने बित्तिकै चिसो खाने वा धेरै खुर्सानी खाने गर्दा बाडुली लाग्छ भन्ने तर्क छ । यसरी लाग्ने बाडुली रोक्न केही घरेलु उपाय छन् ।

– कागती रक्सी पिएर बाडुली लागेको भए कागती उपयोगी हुन्छ । कागतीको एक चौथाइ टुक्रा काटेर मुखमा हाल्ने र बिस्तारै चपाउने गरे बाडुली हराउँछ ।

– मह बाडुली लाग्ने बित्तिकै एक चम्चा मह खाँदा आराम हुन्छ ।

– चिसो पानी बाडुली लाग्दा एक गिलास चिसो पानी पिए पछि ठिक हुन्छ । अझ पानी पिउँदा नाक बन्द गरेमा बाडुली रोकिन्छ ।

– आइस ब्याग बाडुली रोक्न गर्धनलाई आइस ब्यागमा राख्दा राहत पाउन सकिन्छ ।

– पीनट बटर पीनट बटर खाँदा पनि बाडुलीबाट राहत मिल्छ । यो खाँदा सास लिने प्रक्रिया प्रभावित हुन्छ जसले बाडुली रोक्छ ।

– घुँडालाई छातीमा राख्दा बाडुली रोकिएन भने घुँडालाई छातीमा लगेर टाँस्दा मांसपेशीहरूको खुम्च्याइ टाढा भाग्छ । पञ्जाब केशरी