सूचना-प्रविधि

विश्व इतिहासमा आज : विश्वमा भएका मुख्य-मुख्य घटना

By खबरहब

February 25, 2022

काठमाडौँ -फेब्रुअरी २५ तारिखमा विश्वमा भएका मुख्य-मुख्य घटना निम्नानुसार छन् ।

सन् १८६२ मा फेब्रुअरी २५ तारिखमा अमेरिकाका १६ औँ राष्ट्रपति अब्राहम लिंकनले कागजको पैसाको सुरुवात गरेका थिए।

सन् १९३२ मा जर्मनीका शासक अडोल्फ हिटलरले जर्मनीको नागरिकता प्राप्त गरेका थिए । अस्ट्रेलियाबाट आप्रवासी भएर जर्मन पुगेका हिटलर जर्मनीका नागरिक बनेपछि राजनीतिमा लागे। तानाशाही शासकका रुपमा परिचित हिटलरले दोस्रो विश्वयुद्ध सुरु गरेका थिए ।

सन् १९८४ मा ब्राजिलको स्यान्टी टाउनमा ग्यासको पाइपलाइन फुट्दा शहरका ५ सय भन्दा धेरै मानिसको ज्यान गएको थियो । ज्यान गुमाउनेमा बालबालिका धेरै थिए ।

सन् २००८ मा भारतका मुस्लिम धर्मगुरुले आतङ्कवादलाई गैर इस्लामिक क्रियाकलाप भन्दै टिप्पणी गरेका थिए । धर्मको नाममा आतंकवाद फैलाउनु मुस्लिम धर्मको शिक्षा विपरीत भन्दै भारतभरी सन्देश दिएका थिए ।