अन्तर्राष्ट्रिय

युद्धको विरोध गर्दै रुसमा प्रदर्शन, सयौँ प्रदर्शनकारी गिरफ्तार

By खबरहब

February 25, 2022

काठमाडौँ – रुसले युक्रेनमाथि सैनिक आक्रमण गरेको विरोधमा रुसभित्रै प्रदर्शन भएको छ।

रुसको राजधानी मस्को, मुख्य सहर सेन्ट पिटर्सबर्ग लगायत अन्य सहरहरूमा भएको प्रदर्शनका क्रममा अहिलेसम्म १७ सय भन्दा बढी प्रदर्शनकारी पक्राउ परेको बीबीसीले जनाएको छ।

रुसले हिजोदेखि युक्रेनमाथि सैन्य आक्रमण थालेपछि रुसभित्रै विरोध प्रदर्शन चर्किएको हो। युक्रेनमाथि आक्रमण गरेको भन्दै पश्चिमा देशहरुलेसमेत विरोध गरिरहेका छन् ।

रुसले युक्रेन आक्रमण थालेसँगै त्यहाँ रहेका विदेशी नागरिकसमेत जोखिममा परेका छन्।