फाइल फोटो

राजनीति

एमसीसीविरुद्ध साना दल प्रदर्शनमा, माइतीघरदेखी कोटेश्वरसम्म विरोधका कार्यक्रम 

By खबरहब

February 25, 2022

काठमाडौँ – विभिन्न साना राजनीति दलहरूले अमेरिकी सहयोग परियोजना (एमसीसी)विरुद्ध आज पनि प्रदर्शन गर्दै छन् ।

प्रमुख दलले प्रतिनिधिसभा बैठकबाट एमसीसी अनुमोदन गर्ने तयारी गरेपछि साना दलहरूले विरोधका कार्यक्रमलाई चर्काएका हुन् ।

उनीहरूले  विरोध कार्यक्रम माइतीघर देखी कोटेश्वरसम्म राखेका छन्। ठाउँको अभाव हुँदा एउटै स्थानमा पार्टीका कार्यक्रम जुधेका छन्।

एमसीसीविरुद्ध प्रदर्शनको आयोजना गर्नेमा सत्तारुढ दल पनि छन् । प्रदर्शनकारीहरूले आज बानेश्वरस्थित संसद् भवनलाई घेर्ने तयारी गरेका छन् ।

नेकपा (माओवादी केन्द्र), नेपाल मजदुर किसान पार्टी (नेमकिपा), नेपालका लागि नेपाली पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मसाल) र नेपाल कम्युनिस्ट पार्टी लगायत ६ कम्युनिस्ट पार्टी विरोधमा उत्रिएका छन् । यसैगरी नेकपा (माले), एमसीसी खारेज अभियान नेपाल लगायतका राजनीतिक दल तथा अभियानहरू विरोधमा छन् ।