राजनीति

स्थानीय चुनावका लागि एमालेले आज दल दर्ता गर्दै

By खबरहब

February 25, 2022

काठमाडौँ – नेकपा एमालेले स्थानीय तहको निर्वाचन प्रयोजनका लागि आज दल दर्ता गर्दैछ ।

३० वैशाख २०७९ मा हुने स्थानीय तहको निर्वाचनका लागि एमालेले शुक्रबार निर्वाचन आयोगमा दल दर्ता गर्न लागेको हो ।

महासचिव शंकर पोखरेलको नेतृत्वको टोली दिउँसो साढे १२ बजे आयोगको कार्यालय जान लागेको छ।