राजनीति

एमाले अध्यक्ष ओली पोखरा पुगे, आजै काठमाडौँ फर्किने

By खबरहब

February 25, 2022

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पोखरा पुगेका छन् । पार्टीको कार्यक्रममा सहभागी हुन ओली पोखरा पुगेका बताइएको छ।

पोखरा विमानस्थलमा उनलाई नेता पृथ्वीसुब्बा गुरुङसहितका एमाले नेताहरुले स्वागत गरेका छन् ।

कांग्रेस-माओवादीका नेतासँग निर्णायक छलफल छाडेर पोखरा पुगेका ओली आजै काठमाडौँ फर्किने नेता खगराज अधिकारीले खबरहबलाई बताएका छन्।

ओली पोखरा जाने भएपछि अधिकारीसहितका नेताहरु बिहानै त्यहाँ पुगेका थिए।

काठमाडौँमा एमसीसी संसदबाट पारित गर्ने विषयमा सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच बेमेल बढेका बेला एमाले अध्यक्ष ओली पोखरा पुगेका हुन्।