अन्तर्राष्ट्रिय

युद्धविराम गर्न रुसलाई युक्रेनी राष्ट्रपतिको आग्रह

By खबरहब

February 25, 2022

काठमाडौं– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूससँग युद्धविरामका लागि आह्वान गरेका छन्।

युक्रेनमाथि रुसी सैन्य कारवाहीको दोस्रो दीन देशवासीलाई सम्बोधन गर्दै राष्ट्रपति जेलेन्स्कीले रुसलाई तत्काल युद्धविराम गर्न आग्रह गरेको अमेरिकी सञ्चार संस्थान सीएनएनले जनाएको छ।

जेलेन्स्कीले छिटो संवाद गरी क्षति कम गर्नपनि रुससंग आग्रह गरेका छन्। उनले रुसी आक्रमण नरोकिएसम्म युक्रेनले देशको रक्षा गरिरहने प्रतिबद्धता पनि जनाएका छन्।