फाइल फोटो

राजनीति

जसपाको केन्द्रीय कार्यकारणी समितिको बैठक सुरू

By खबरहब

February 25, 2022

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारणी समिति बैठक सुरू भएको छ।

ललितपुरको बालकुमारीस्थित केन्द्रीय कार्यालयमा जारी बैठकमा पार्टीभित्र देखिएको विवाद, एमसीसी, स्थानीय चुनावको तयारीलगायतका विषयमा छलफल हुने बताइएको छ ।

अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईबीचको विवादले पार्टी फुटको दिशातिर गइरहेको छ । भट्टराईले लामो समयदेखि कार्यकारणी समिति बैठक बोलाउन माग गरिरहेका थिए ।

बाबुराम पक्षधरले उपेन्द्र यादवले पार्टीमा एकलौटी गरेको भन्दै छुट्टै पार्टी निर्माणका लागि हस्ताक्षरसमेत संकलन गरेको छ ।

एमसीसीमा पनि जसपा भित्र विवाद छ । भट्टराई एमसीसीका पक्षमा मतदान गर्नुपर्ने पक्षमा छन् भने यादव अझैं यसबारे प्रष्ट छैनन् ।