अटो

नेपाली बजारमा १ हजार ४ सय ९९ निसान म्याग्नाइट

By खबरहब

February 25, 2022

काठमाडौँ– नेपालका लागि निसान र ड्याटसनको आधिकारिक विक्रेता पायोनियर मोटोकर्पले पछिल्लो एक वर्षमा निसान म्याग्नाइटले राम्रो बजार पाएको जनाएको छ ।

एक वर्षभित्र १ हजार ४ सय ९९ वटा निसान म्याग्नाइट नेपाली बजार गइसकेको कम्पनीले जनाएको हो ।

हालसम्म निसान म्याग्नाइट २ हजार २ सय २६ वटा बुकिङ्ग भइसकेको र एक वर्षको वार्षिकोत्सव पायोनियर मोटोकर्पका लागि कोशेढुंगा साबित भएको पनि कम्पनीले जनाएको छ ।

नेपाली बजारमा ‘बिग, बोल्ड, ब्यूटिफुल’ एस.यू.भीलाई अत्यधिक रुचाइएको छ । पायोनियर मोटो कर्पका प्रबन्ध निर्देशक सन्दीपकुमार शारदाले निसान म्याग्नाइट रुचाइदिएकोमा ग्राहकहरूप्रति आभारसमेत व्यक्त गरेका छन् ।