फाइल फोटो

आर्थिक

६ महिनामा करिब ५९ अर्ब वैदेशिक सहायता परिचालन

By खबरहब

February 25, 2022

काठमाडौँ– सरकारले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ६ महिनामा ५८ अर्ब ९० करोड बराबरको वैदेशिक सहायता परिचालन गरेको छ ।

२०७८ साउनदेखि पुस मसान्तसम्मको अवधिमा यो रकम परिचालन गरिएको जानकारी अर्थ मन्त्रालयले दिएको हो ।

परिचालन गरिएको वैदेशिक सहायतामध्ये १३ अर्ब ८८ करोड रुपैयाँ अनुदान र ४५ अर्ब २ करोड रुपैयाँ ऋण रहेको छ ।

गत आर्थिक वर्ष २०७७/७८ को सोही अवधिमा ७ अर्ब ४६ करोड रुपैयाँ अनुदान र ३० अर्ब ४ करोड रुपैयाँ ऋण गरी कुल ३७ अर्ब ५० करोड रुपैयाँ बराबरको वैदेशिक सहायता प्राप्त भएको थियो ।