मुख्य समाचार

बालुवाटारमा प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता

By खबरहब

February 25, 2022

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्न नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुगेका छन्।

गठबन्धन जोगाएर एमसिसीमा मध्यमार्गी उपाय अपनाउनुपर्ने मत माओवादी र एकीकृत समाजवादीमा बढेपछि दाहाल छलफलका लागि बालुवाटार पुगेका हुन्। भेटमा अर्थमन्त्री जनार्दन शर्मा पनि सहभागी छन्।

एमाले र कांग्रेसको छलफलबाट माओवादी र एकीकृत समाजवादी झस्किएका छन्। बालुवाटार जानुअघि दाहालले एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग कुराकानी गरेका थिए।