अन्तर्राष्ट्रिय

रुसले २४ घण्टामा ३३ वटा गैरसैनिक स्थलमा बमबारी गरेको युक्रेन सरकारको दाबी

By खबरहब

February 25, 2022

काठमाडौं– युक्रेनले २४ घण्टामा रुसले आफ्नो देशको ३३ वटा गैरसैनिक स्थलमा हमला गरेको दाबी गरेको छ।

युक्रेनी आन्तरिक मामिला मन्त्रालयका अधिकारी भेडिम देनिसेन्कोले समाचार एजेन्सी रोयटर्ससँग रुसी सेनाले युक्रेनका दर्जनौँ गैरसैनिक स्थललाई लक्षित गरी आक्रमण गरिरहेको बताएका छन्।

रुसी सैनिक युक्रेनको राजधानी कीभमै प्रवेश गरेका बेला उनको त्यस्तो दाबी गरेका हुन।