राजनीति

प्रचण्ड र वामदेवबीच भेट

By खबरहब

February 25, 2022

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र पूर्वगृहमन्त्री वामदेव गौतमबीच भेट भएको छ ।

शुक्रबार नेता गौतम माओवादी अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटारमा पुगेका हुन् ।

प्रचण्ड र गौतमको एक वर्षपछि भेट भएको प्रचण्डकी छोरी गंगा दाहालले फेसबुकमार्फत् बताएकी हुन् ।

प्रचण्डसँगको भेटमा गौतमले एमसीसी अनुमोदन गर्न नहुने विषयमा कुराकानी गरेको बुझिएको छ ।

उनले यसअघि नै एमसीसी रोक्नुपर्ने भन्दै आएका छन् ।