अन्तर्राष्ट्रिय

इन्डोनेशियामा शक्तिशाली भूकम्प, सात जनाको मृत्यु

By खबरहब

February 25, 2022

एजेन्सी– इण्डोनेशियामा ६ दशमलव २ रिक्टर स्केलको भूकम्प गएको छ ।

सुमात्रा द्वीपमा शुक्रबार शक्तिशाली भूकम्प गएको हो ।

भूकम्पमा कम्तिमा सात जनाको मृत्यु भएको छ । त्यस्तै, ८५ जना घाइते भएका छन् । विस्तृत विवरण भने आउन बाँकी छ ।

भूकम्पको केन्द्रबिन्दु पश्चिम सुमात्रा प्रान्तको बुकिटिङ्गी शहरबाट ६६ किलोमिटर उत्तरपश्चिममा १२ किलोमिटर गहिराइमा रहेको थियो ।

अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार भूकम्पको धक्का छिमेकी मुलुक मलेशिया र सिंगापुरमा पनि महसुस गरिएको थियो ।

भूकम्पमा करिब पाँच सय घर क्षतिग्रस्त भएको बताइएको छ ।