समाचार

ट्राफिक प्रहरीलाई विशेष अनुशिक्षण तालिम दिइयो

By खबरहब

March 25, 2022

काठमाडौँ– ट्राफिक प्रहरीको ‘नागरिकमैत्री सेवा तथा मानवअधिकार विशेष अनुशिक्षण’ तालिम सम्पन्न भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले गरेको प्रहरी हवल्दार र प्रहरी जवान लक्षित ‘नागरिकमैत्री सेवा तथा मानवअधिकार विशेष अनुशिक्षण’ तालिम सम्पन्न भएको हो ।

समारोहमा प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्नुका साथै तालिमका दौरान सिकेका व्यावसायिक ज्ञान र सिपलाई कार्यक्षेत्रमा लागु गर्न निर्देशन दिए ।

उनले ट्राफिक प्रहरी नागरिकको सेवामा समर्पित संगठन भएको कारण नागरिकप्रति सदैव उत्तरदायी र जिम्मेवार रहनुपर्ने पनि बताए ।

अनुशिक्षणमा प्रहरीले नागरिक तथा सेवाग्राहीसँग गर्नुपर्ने व्यवहार, लैङ्गिक सचेतना, मानव अधिकार, स्थानीय संस्कृति, परम्परा, भाषा तथा प्रचलनको सम्मानसहितको

प्रहरी कार्य जस्ता विविध विषयमा सैद्धान्तिक एवं व्यावहारिक प्रशिक्षण प्रदान गरिएको महाशाखाले जनाएको छ ।

पाँचदिने तालिममा ३५ प्रशिक्षार्थी सहभागी भएका थिए ।