अन्तर्राष्ट्रिय

चिनियाँ विदेशमन्त्री आज नेपाल आउँदै

By खबरहब

March 25, 2022

काठमाडौँ – चिनियाँ विदेशमन्त्री वाङ यी आज काठमाडौँ आउँदै छन् ।

परराष्ट्रमन्त्री डा नारायण खड्काको निमन्त्रणामा उनी तीन दिने नेपाल भ्रमणको सिलसिलामा काठमाडौँ आउन लागेका हुन् ।

भ्रमण तालिकाअनुसार चिनियाँ विदेशमन्त्री वाङ अपराह्न ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने भएका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार भोलि नेपाल-चीन परराष्ट्र मन्त्री स्तरीय द्विपक्षीय वार्ता हुनेछ । उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र ) का अध्यक्ष पुष्पकमल दाहालसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।

चिनियाँ विदेश मन्त्री वाङ आइतबार साँझ स्वदेश फर्कने कार्यक्रम रहेको छ ।