खेलकुद

चिलीमाथि ब्राजिलको फराकिलो जित

By खबरहब

March 25, 2022

काठमाडौँ – फिफा विश्वकपमा छनोट भइसकेको ब्राजिलले चिलीलाई ४-० गोल अन्तरले हराएको छ ।

दक्षिण अमेरिकी छनोट अन्तर्गत शुक्रबार बिहान भएको खेलमा ब्राजिलले फराकिलो जित निकालेको हो ।

ब्राजिलको जितमा नेयमार, भिनिएस जुनियर, फिलिपे कौटिन्हो र रिचार्लीसनले एक-एक गोल गरे ।

यो जितसँगै १६ खेलमा ४२ अंक जोडेको ब्राजिल शीर्ष स्थानमा रहेको छ । चिली १९ अंक जोडेर सातौं स्थानमा छ ।