आर्थिक

बढ्यो सुन र चाँदीको मूल्य

By खबरहब

March 25, 2022

काठमाडौँ – नेपाली बजारमा शुक्रबार सुन र चाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार छापावाल सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेर एक लाख ९०० रुपैयाँ तोकिएको छ ।

तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ४०० रुपैयाँ कायम गरिएको छ ।

चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले बढेर एक हजार ४०० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।