तस्वीर- युक्रेनी राष्ट्रपतिको कार्यालय

अन्तर्राष्ट्रिय

युरोपले रुसलाई रोक्न ढिलो गरेको जेलेन्स्कीको टिप्पणी

By खबरहब

March 25, 2022

काठमाडौं– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमणलाई रोक्न युरोपेली मुलुकहरुले ढिला गरेको टिप्पणी गरेका छन् । बेल्जियमको राजधानी ब्रसेल्समा बसेको युरोपेली परिषद्को सम्मेलनलाई भिडियोमार्फत् सम्बोधन गर्दै राष्ट्रपति जेलेन्स्कीले यस्तो बताएका हन् ।

‘तपाईहरुले प्रतिबन्ध लगाउनु भएको छ, हामी कृतज्ञ छौँ । यो निकै शक्तिशाली कदम हो ।’ उनले भने, ‘तर यो केही ढिला भयो… त्यतिबेला मौका थियो ।’

युक्रेनमाथि आक्रमण गर्नु पूर्व नै रुसमाथि प्रतिबन्ध लगाइएको भए सायद रुस पछि हट्ने उनको भनाइ थियो ।

उनले रुसबाट युरोपतर्फ सीधै ग्यास लैजान बनाइएको नोर्डस्ट्रिम २ पाइपलाइनलाई अगाडि नै रोकेको भए ‘रुसले ग्यास संकटको सिर्जना नै नगर्ने’ समेत बताए ।

त्यसपछि युक्रेनलाई युरोपेली युनियनको सदस्यता दिन आग्रह गर्दै उनले भने ‘कृपया आइन्दा ढिलो नगर्नुहोला ।’