राजनीति

देउवा र कोइरालाबीच भेटवार्ता

By खबरहब

March 25, 2022

काठमाडौँ– नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाबीच भेटवार्ता भएको छ । आज बालुवाटारमा दुई नेताबीच भेटवार्ता भएको हो ।

भेटमा कोइरालाले साथीहरूले समानान्तर कमिटी बनाउन दबाब दिइरहेको देउवालाई जानकारी गराएका थिए । देउवाले भने आफू सवैलाई मिलाएर अघि बढ्ने बताएको कोइरालाका सहयोगी दिनेश थपलियाले जानकारी दिए ।

नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलका अध्यक्ष नियुक्तिप्रति कोइराला असन्तुष्टि जनाउँदै आएका छन् । देउवाले आफूहरूसँग छलफल नै नगरी एकलौटी ढंगबाट

अध्यक्षहरू नियुक्त गरेको उनको आरोप छ । असन्तुष्ट कोइराला पक्षले छुट्टै भेलाको पनि तयारी गरेका छन् ।

उनीहरूबीच पार्टीको केन्द्रीय कमिटी बैठक बस्नुअघि भेटवार्ता भएको थियो ।