ब्रेकिङ स्टोरी

रोहित पौडेलको शानदार कीर्तिमान

By खबरहब

March 25, 2022

काठमाडौं– रोहित पौडेल एक दिवसीय क्रिकेटमा एकै इनिङ्गमा नेपालका लागि सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् ।

कीर्तिपुरको टियू मैदानमा पपुवा न्यूगिनी विरुद्ध भएको खेलमा उनले सर्वाधिक १२६ रन बनाए ।

१०७ बलको सामना गरेका उनलाई ४५ ओभर २ बलमा नोरमन भानुआले आउट गरेका थिए ।

यसअघि यो कीर्तिमान पूर्व कप्तान पारस खड्काको नाममा रहेको थियो ।