तस्वीर- एएनआई

अन्तर्राष्ट्रिय

उत्तर प्रदेशमा दोश्रो कार्यकालका लागि योगीको सपथ

By खबरहब

March 25, 2022

काठमाडौं– योगी आदित्यनाथले उत्तर प्रदेशमा मुख्यमन्त्रीको दोश्रो कार्यकालको सपथ ग्रहण गरेका छन् । राजधानी लखनउमा आयोजिग भव्य समारोहबीच उनले सपथ ग्रहण गरेका हुन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीसहित, गृहमन्त्री अमित शाह, राजनाथ सिंह, भारतीय जनता पार्टी भाजपाका अध्यक्ष जेपी नड्डासहितका नेताहरुको उपस्थितीमा उत्तर प्रदेशकी गभर्नर आनन्दीबेन पटेलले योगीलाई सपथ ग्रहण गराएकी हुन् ।

योगीसँगै केशवप्रसाद मौर्य र ब्रजेश पाठकले उप मुख्यमन्त्रीको सपथ लिएको जनाइएको छ । लखनउको अटलविहारी वाजपेयी रंगशालामा आयोजित सपथ ग्रहण समारोहमा हराजौं भाजपा कार्यकर्ता एवम् आम नागरिकको उपस्थित रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भाजपा र साझेदार दलहरुले उत्तर प्रदेशमा गत महिना विभिन्न ७ चरणमा भएको निर्वाचनमा ४०३ मध्ये २७३ सिटमा जित हासिल गरेका थिए । चुनावमा भाजपा एक्लैले २५५ सिट जितेको थियो । त्यहाँ सरकार बनाउन २०२ सिट भए पुग्छ ।

योसँगै योगीको नेतृत्वमा भाजपाले दोश्रो पटक सरकार गठन गरेको हो ।