राजनीति

१० वर्षसम्म सहमतिको सरकार चाहिन्छ: डा. भट्टराई

By खबरहब

March 25, 2022

काठमाडौँ– जनता समाजवादी पार्टीका संघीय परिषदका डा. अध्यक्ष बाबुराम भट्टराईले १० वर्षसम्म सर्वदलीय सहमतिको सरकार बनाउन प्रस्ताव गरेका छन् ।

काठमाडौंमा जारी अर्थशात्रीहरुको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले सर्वदलीय सरकारले मात्रै देशको मुहार फेर्ने धारणा राखेका हुन् ।

‘देशको अर्थतन्त्रलाई बलियो बनाउन मेरो विचारमा १० वर्षसम्म सर्वदलीय सहमति सरकार बनाएर जाऊ, नभए प्रत्यक्ष राष्ट्रपतीय सरकार बनाउन लागौं तर यो संसदीय प्रणालीबाट देशको मुहार फेर्न सकिन्न’ भट्टराईले भने ।