तस्वीर- जियो टीभी

अन्तर्राष्ट्रिय

कराँचीमा साताको चार दिन लुटपाट गर्ने गिरोह प्रहरीको फन्दामा

By खबरहब

March 25, 2022

काठमाडौं– पाकिस्तानको कराँची शहरमा प्रहरीले लुटेराहरूको गिरोहलाई पक्राउ गरेको छ । महिलालाई बन्दुक देखाउँदै गहना लुट्ने लुटेराको गिरोहलाई पक्राउ गरिएको प्रहरीका एसएसपी एजाज अहमदले जानकारी दिए ।

गिरोहका नाइके जिब्रानका साथै वकास र अनिस नाम गरेका लुटेरालाई पक्राउ गरिएको उनको भनाइ छ ।

उक्त गिरोह पछिल्ला दुई वर्षयता लुटपाटका घटनामा संलग्न रहेको उनको भनाइ छ । साताको चार दिन लुटपाट गर्दै आएको यो गिरोहले हालसम्म १ सय भन्दा धेरै अपराध गरिसकेको बताइएको छ ।

प्रहरीले यो गिरोह कराँचीको क्लिफ्टन, गिजरी र अरु इलाकामा सक्रिय रहेको समेत जनाएको छ । 

सुशासनको अभाव एवम् सुरक्षा निकायको बेवास्ताका कारण कराँचीजस्ता पाकिस्तानका ठूला शहरमा अपराधका घटना बढ्दै गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।