फाइल फोटो

ब्रेकिङ स्टोरी

राति ११ बजेको अपडेट : देशभर १ लाख ४ हजार १२३ जनाले उम्मेदवारी दिए

By खबरहब

April 25, 2022

काठमाडौँ– निर्वाचन आयोगले उम्मेदवारी दर्ता विवरण अध्यावधिक गरेको छ ।

सोमबार राति ११ बजे अध्यावधिक गरिएको विवरणअनुसार देशभर १ लाख ४ हजार १२३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

आयोगका अनुसार नगर प्रमुखमा २ हजार ७ सय ४४ जना र उपप्रमुखमा १ हजार ६ सय ९९ जनाले मनोनयन दर्ता गराएका छन् । त्यस्तै, गाउँपालिका अध्यक्षमा २ हजार ९ सय ४१ जना र उपाध्यक्षमा २ हजार २३ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।