देश/प्रदेश

गढीमाईको मेयरमा कांग्रेसका यादव निर्वाचित

By खबरहब

May 25, 2022

रौतहट – रौतहटको गढीमाई नगरपालिकाको मेयरमा नेपाली कांग्रेसमा उम्मेदवार श्यामप्रसाद यादव विजयी भएका छन् । कारीब ५ सय ५८ मतको मतान्तरसहित यादब विजयी भएका हुन ।

यादवले ८ हजार ६ सय ३१ मतसहित मेयरमा विजयी भए भने यादवका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी, नेपाल उम्मेदवार शेख अबुलकलाम आजादले ८ हजार ७३ मत प्राप्त गरे ।

उपमेयरमा जनता समाजवादी पार्टी, नेपालकी उम्मेदवार स्मिताकुमारी यादव ६ हजार ६७१ सहित विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका उम्मेदवार नागेन्द्र सिंहले ५ हजार ९०२ मत ल्याए ।

रौतहटको १८ मध्ये १६ वटा पालिकाको मतपरिणाम सार्वजनिक भइसकेको छ । फतुवा विजयपुर र गरुडाको मतगणना जारी छ ।