फाइल फोटो

देश/प्रदेश

काठमाडौँ उपत्यकामा एक दिनमा १९ सय सवारी चालक कारबाहीमा 

By खबरहब

May 25, 2022

काठमाडौँ – ट्राफिक प्रहरीले एकै दिन काठमाडौँ उपत्यका भित्र ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ९१६ जना सवारी चालकलाई कारबाही गरेको छ ।

मंगलबार काठमाडौँ उपत्यकामा विभिन्न स्थानमा उनीहरूलाई कारबाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारबाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १५६ जना, मदिरा पिएर सवारी साधन चलाउने ९८ जना, तीव्र गतिमा सवारी साधन चलाउने ६१ जना र जथाभाबी यात्रु चढाउने तथा ओराल्ने ६६ जना रहेका छन् ।

यस्तै, ढोका खुल्लै राखेर सवारी चलाउने ६६ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने ४६ जना, लेन उल्लंघन गर्ने ३४ जना, रातो बत्तीको उल्लङ्घन गर्ने २३ जना र क्षमता भन्दा बढी यात्रु राख्ने १९ जना चालकहरू पनि कारबाहीमा परेका छन् ।