तस्बिर : बीबीसी

अन्तर्राष्ट्रिय

यूएईमा पनि देखियो मंकीपक्स

By खबरहब

May 25, 2022

दुबई- विश्वका विभिन्न देशमा फैलिएको मंकीपक्स भाइरस युनाइटेड अरब इमिरेट्समा पनि देखिएको छ । मंकीपक्स भाइरस देखिने पहिलो खाडी देश हो । यसअघि १५ देशमा यो भाइरस देखा परेको थियो । भाइरस देखिएपछि जुनसुकै महामारीलाई नियन्त्रण गर्न तयार रहेको यूएईले जनाएको छ । 

पश्चिमी अफ्रिकाबाट आएकी एक २९ वर्षीया महिलामा भाइरस देखिएको थियो । उनको हाल उपचार भइरहेको त्यहाँको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनाएको छ । ‘हामीले सन्दिग्ध बिरामीहरूको निदानको लागि सटीक संयन्त्र राखेका छौं’, मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।

सामान्य ज्वरो आउनु, शरीरमा फोका देखिनु मंकीपक्सका लक्षण हुन् । 

युरोप, अमेरिका, क्यानडा र अष्ट्रेलियामा हालैको प्रकोपमा ८० भन्दाबढी केसहरू पुष्टि भएका छन् । अन्य धेरै सन्दिग्ध केसहरुको अध्ययन भइरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।