फाइल तस्वीर

अन्तर्राष्ट्रिय

भारतद्वारा चिनी निर्यातमा प्रतिबन्ध

By खबरहब

May 25, 2022

काठमाडौं– भारतले चिनीको निर्यातमा प्रतिबन्ध लगाएको छ । घरेलु बजारमा मूल्य वृद्धि नियन्त्रणका लागि भन्दै भारतले चिनीको निर्यातमा प्रतिबन्ध लगाएको हो ।

समाचारमा जनाइएअनुसार भारत सरकारले व्यापारीहरुलाई आगामी जुन १ देखि अक्टोबर ३१ सम्मका लागि निर्यात अनुमति सुरक्षित गर्न समेत आग्रह गरेको भारतीय आर्थिक अनलाइन समाचार पोर्टल इकोनोमिक टाइम्सले जनाएको छ ।

यो कदमबाट घरेलु बजारमा चिनीको उपलब्धतामा सुधार तथा मूल्यवृद्धि नियन्त्रणको अपेक्षा गरिएको छ ।

‘जुन १ बाट चिनी (कच्चा, प्रशोधित र सेतो चिनी) को निर्यातलाई लाई प्रतिबन्धित सूचीमा राखिएको छ ।’ भारतको विदेश व्यापारसम्बन्धी महानिर्देशनालयलाई उद्धृत गर्दै इकोनोमिक टाइम्सले जनाएको छ ।

यो प्रतिबन्ध जुन १ देखि अक्टोबर ३१ सम्म लागू हुने जनाइएको छ ।

यद्यपि ‘सीएक्सएल’ र ‘टीआरक्यू’ मार्फत अमेरिका र युरोपतर्फ हुने चिनीको निकासीमा भने यस प्रतिबन्ध लागू नहुने जनाइएको छ । केही समयअघि भारतले गहुँको निर्यातमा पनि प्रतिबन्धको घोषणा गरेको थियो ।