ब्रेकिङ स्टोरी

ललितपुर महानगरका मेयर चिरिबाबुले लिए शपथ

By खबरहब

May 25, 2022

काठमाडौँ- ललितपुर महानगरपालिकाका नवनिर्वाचित मेयर चिरिबाबु महर्जनले शपथ लिएका छन्।

बुधबार ललितपुरमा आयोजित समारोहमा मुख्य निर्वाचन अधिकृत किरण प्रसाद सिवाकोटीले शपथ खुवाएका हुन्। महर्जनसँगै एमालेबाट उपमेयरमा निर्वाचित मञ्जली शाक्यले पनि शपथ लिएकी छन्।

महर्जनले नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारलाई भारी मतान्तरले पराजित गर्दै मेयरमा निर्वाचित भएका हुन्। उनले व्यञ्जनकारलाई १८ हजारभन्दा बढीको मतान्तरले पराजित गरेका हुन्।