तस्वीर- अफ्रिकान्युज

अन्तर्राष्ट्रिय

बुर्किना फासोको खानीमा बेपत्ता चार कामदारको शव ३९ दिनको खोजपछि बल्ल भेटियो

By रासस

May 25, 2022

काठमाडौं– पश्चिम अफ्रिकी मुलुक बुर्किना फासोस्थित एक खानीमा बेपत्ता भएका चार जना कामदारको शव फेला परेको उद्धारकर्ताहरूले जानकारी दिएका छन् ।

बेपत्ता कामदारको शव फेला परेकोबारे उद्धारकर्ताहरुले जानकारी दिएको बुर्किना फासोको सरकारले पुष्टि गरेको छ । गत १६ अप्रिलमा आएको बाढीमा परी बेपत्ता भएका आठ कामदारहरूमध्ये चार जनाको शव फेला परेको हो ।

राजधानी शहर वागाडुगुण्बाट करिब १०० किलोमिटर पश्चिममा पर्ने पेर्कोआ क्षेत्रस्थित क्यानाडाको ट्रेवाली माइनिङको स्वामित्वमा रहेको जस्ता खानीमा दुर्घटना भएको थियो ।

बेपत्ता हुनेमा छ जना बुर्किनाबे नागरिक, एक जाम्बियन र एक तान्जानियाली नागरिक रहेको जनाइएको छ । उनीहरु सात सय मिटरमुनि हराएका थिए ।

दुर्भाग्यवश, ३९ दिनको गहन खोजीपछि, चार खानी कामदार निर्जीव शव फेला परेका सरकारी प्रवक्ता लियोनेल बिल्गोले एक विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।