तस्वीर- राइजिङ कश्मीर

अन्तर्राष्ट्रिय

कश्मीरी महिला वैज्ञानिकलाई पहिलो पटक ‘सर्ब–पावर’ छात्रवृत्ति

By खबरहब

May 25, 2022

काठमाडौं– एकजना कश्मीरी महिला वैज्ञानिकले भारतको प्रतिष्ठित ‘साइन्स एण्ड इन्जिनियरिङ रिसर्च बोर्ड (सर्ब–पावर) छात्रवृत्ति पाएकी छिन् ।

डा. नशीमन अशरफ सर्ब–पावर छात्रवृत्ति पाउने पहिलो कश्मीरी महिला वैज्ञानिक रहेको कश्मीरबाट प्रकाशित हुने राइजिङ कश्मीर अनलाइनले जनाएको छ । उनलाई जीवविज्ञान विषयमा छात्रवृत्ति दिइएको जनाइएको छ ।

यसअघि उनले सीएसआईआर रमन रिसर्च फेलोसिप नामक छात्रवृत्ति मार्फत अमेरिकाको केन्टकी विश्वविद्यालय तथा ईएमबीओ फेलोसिप मार्फत स्पेनमा अध्ययन गरिसकेकी छिन् ।

उनको शोध विशेषगरी केशरको सुधारको विषयमा केन्द्रित रहेको जनाइएको छ ।

कश्मीरमा केशरलाई महत्वपूर्ण नगदेबाली मानिन्छ । उनको जन्म जम्मु कश्मीरको राजधानी श्रीनगरमा भएको बताइएको छ ।