राजनीति

यस्तो छ मतपरिणाम आउन बाँकी पाँच पालिकाको विवरण

By खबरहब

May 25, 2022

काठमाडौँ– गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतगणना कार्यअन्तर्गत अब काठमाडौँ महानगरपालिकासहित पाँच पालिकाको अन्तिम परिणाम आउन बाँकी रहेको छ ।

निर्वाचन आयोगको सूचना प्रणालीमा आज राति ८ बजेसम्ममा प्रविष्ट भएको विवरणअनुसार ७५३ मध्ये ७४८ पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ ।

मतगणना जारी रहेकामध्ये अन्तिम परिणाम आउन बाँकी पालिकामा बागमती प्रदेशमा काठमाडौँ महानगरपालिका, प्रदेश नं १ मा उदयपुरको त्रियुगा नगरपालिका, मधेस प्रदेशमा गरुडा नगरपालिका, लुम्बिनी प्रदेशमा रुपन्देहीको तिलोत्तमा नगरपालिका रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेले जानकारी दिए ।

सुदूरपश्चिमको बाजुराको बूढीगङ्गा नगरपालिकामा भएको मतदानबारे आयोगले गरेको छानविनका आधारमा निर्णय आउन बाँकी रहेको छ ।