ब्रेकिङ स्टोरी

काठमाडौँ महानगरमा बालेनको विजय सुनिश्चित

By खबरहब

May 25, 2022

काठमाडौँ- काठमाडौँ महानगरपालिकामा मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र साह विजयी हुने चिश्चित भएको छ ।

महानगरमा जारी मतगणनामा गन्न बाँकी मतभन्दा निकटतम प्रतिद्वन्द्वीसँग मतान्तर बढी रहेकाले बालेनले जित सुनिश्चित गरेका हुन् ।

उनले ५६१४८ मत ल्याउँदा दोस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिहंले ३५४७८ मत ल्याएकी छिन् । त्यस्तै, तेस्रो स्थानमा रहेका नेकपा (एमाले) का केशव स्थापितले ३४८५४ मत प्राप्त गरेका छन् ।

त्यस्तै, उपमेयरतर्फ पनि नेकपा (एमाले) की सुनिता डंगोलले पनि जित सुनिश्चित गरेकी छिन् ।

उनले ६२८७८ मत पाउँदा दोस्रो स्थानका नेकपा (एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठले २१५१४ र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी उपमेयरकी उम्मेदवार विनिता मगैयाले १०९१९ मत प्राप्त गरेकी छिन् ।