कोरोना भाइरसको महामारी पश्चातको समयमा ओटीटी प्रदायकले राम्रो दर्शक पाए। घरमै रहेका दर्शकलाई आफूतर्फ तान्न ओटीटी प्रदायक नेटफ्लिक्स, अमेजन प्राइम, डिज्नी प्लस हटस्टार, सोनी लिभ, जी फाइभ जस्ताले कन्टेन पनि बढाए। दर्शकले हलमा प्रतीक्षा गरिरहेको फिल्म मात्र नभई निर्माता नपाएका राम्रो कन्टेनमा लगानीसमेत गरे। मिर्जापुर, पाताल लोक, कोटा फ्याक्ट्री, असुर, मनी हेइस्ट, स्क्यामः १९९२ जस्ता सिरिजले दर्शकको मन जित्न सफल भए। यसै भीडमा आएको एउटा सरल सिरिज हो ’पंचायत’।
सिरिजमा जितेन्द्रले गाउँमा विकास गर्न खोज्दा झेल्ने समस्यालाई प्रस्तुत गरिएको छ। यसको सिक्वेल ‘पञ्चायत २’ गत मे २० बाट स्ट्रिमिङ भइरहेको छ।
सन् २०२० मा ओटीटीमा आएको जितेन्द्रकुमार अभिनित सिरिज ‘पंचायत’ ले राम्रो चर्चा पायो। पञ्चायतमा हुने गतिविधिसँगै सामाजिक हास्यव्यंग्य विधाको यो सिरिजले दर्शकको मन जित्यो। गाउँको ‘पञ्चायत’ मा जागिर खान पुगेका एक शिक्षित युवाको कथामार्फत् यसमा सामाजिक व्याङ्ग्य गरिएको छ। इन्जिनियरिङ गरेको अभिषेक सरकारी भएर फुलेराको पञ्चायत कार्यालयमा गएपछिको स्थितिमार्फत् सिरिजमा सामाजिक व्यंग देखाएको छ।
सिरिजमा जितेन्द्रले गाउँमा विकास गर्न खोज्दा झेल्ने समस्यालाई प्रस्तुत गरिएको छ। यसको सिक्वेल ‘पञ्चायत २’ गत मे २० बाट स्ट्रिमिङ भइरहेको छ। दीपककुमार मिश्रको निर्देशनमा रहेको यो सिरिज सामाजिक कथावस्तुमा आधारित रहेर व्यंग्यात्मक शैलीमा कथा भनिएको छ। सिरिजमा जितेन्द्र कुमारले अभिषेकको भूमिका निर्वाह गरेका छन्। नीना गुप्ताले मंजुदेवी, रघुवीर यादवले व्रिज भुषण दुवे, चन्दन रोयले विकास, शान्विकाले रिन्की, फैसल मलिकले प्रल्हाद चन्द, पंकज झाले एमएलए चन्द्रकिशोर सिंह , दुर्गेस कुमारले भुषणको भूमिका निर्वाह गरेका छन्।
कथा फुलेराकै आसपासमा छ। यहाँ हुन् नसकेको विकास, शिक्षाको अभाव, केन्द्रीय सरकारको वेवास्ता, स्थानीय सिमित स्रोत तथा साधन, असाक्षरताले परिरहेको प्रभावमा सिरिज केन्द्रित छ। अघिल्लो सिजनमा अभिषेक पञ्चायतमा सचिव बनेर पुगेका हुन्छन्। अन्य जगारी नपाएपछि उनी बाध्यतावास त्यहाँ पुगेका हुन्छन्। सहरिया जीवन बिताइरहेका अभिषेक कसरी फुलेरामा घुलमिल हुन्छन् भन्ने कथालाई पहिलो सिजनमा देखाइएको छ।
दोस्रो सिजनमा उनले गाउँलाई कसरी बुझिरहेका छन् भन्ने कथा निर्देशकले पस्केका छन्। व्यस्त भनौ वा अस्तव्यस्त सहरबाट गाउँ पुगेर एउटा परिवार बनाउन सफल भएका अभिषेकको आँखाबाट पञ्चायतलाई देखाइएको छ। दोस्रो सिजनमा समेत उनी गाउँबाट निस्किने सोचमै छन्। यद्दपी उनले त्यहाँ आफ्नो एउटा सर्कल बनाइसकेका छन्।
उनको सर्कलमा प्रधान अर्थात् व्रिज भुषण, विकास, प्रल्हाद छन्। यो समूहले ह्याङ आउटसँगै गर्नेदेखि आफ्नो दुखेसो पोख्नेसमेत गरेका छन्। पहिलो सिजनमा आपसी मतभेद हटेता पनि दोस्रो सिजनमा फरक मत भएका गाउँले भुषणको आगमनले यिनलाई समस्यामा पार्छ। यसपटक गाउँमा विकासको कामले तीव्रता पाएको छ।
केही समयमै आउने चुनावलाई लक्षित गर्दै प्रधान काम गर्न चाहन्छन्। अझ भनौ उनकी पत्नी मन्जुदेवी केही काम गरेर आउँदो कार्यकालमासमेत आफ्नै अध्यक्षता चाहन्छिन्। प्रधान र उनको परिवारसँग नजिकिएर पञ्चायतको कामप्रति बफादार नभएको आरोप भुषणको छ। आउँदो पटकसमेत आफ्नो जीतलाई कठिनाई पुर्याउने देखेपछि मन्जुदेवी आफ्नो पति प्रधानलाई बाटो निर्माणका लागि सुझाउछिन्। यद्दपी पञ्चायतमा पर्याप्त बजेट छैन। यसको लागि उनले आफ्नो क्षेत्रको एमएलएलाई साथ लिनुछ।
प्रधान र उनको परिवारसँग नजिकिएर पञ्चायतको कामप्रति बफादार नभएको आरोप भुषणको छ।
यसका साथै प्रधानले आफ्नो छोरी रिन्कीको समेत विवाह गरेर बिदाई गर्नुछ। प्रधानकै घर र उनीहरुकै सर्कलमा देखिरहेका सचिव अभिषेकलाई आरोप पनि नलाग्ने गरेको होइन। प्रधानले दिएको कोसेली मात्र नभई फाइल लिएर घरमै पुगेको आरोप उनलाई भुषणले लगाउछन्। यस्तो आरोपले अभिषेक निराश छन्। उनी खुशी छैनन्। किनकी उनले आफूले चाहेको काम र गाउँ फुलेरा होइन। सहरिया जीवनबाट गाउँले जीवनमा झरेका अभिषेकलाई सहर वा विदेशमा सेटल हुनुछ। तर, कर्म उनको फुलेरा नै हो।
गाउँमा अर्को चुनावलाई लक्षित गर्दै आउने कार्यक्रममा सिसिटिभी जडान छ। यद्दपी गाउँले भुषणले नै सिसिटिभी भन्दा पनि बाटो बनाउनु दायित्व रहेको भन्दै विरोध गर्ने गरेको छ। प्रधानको टिमलाई भुषण समस्या बनेको छ। भुषणले उठाएको समस्या गलत होइन यद्दपी त्यसलाई पुरा गर्न पञ्चायतमा बजेट छैन। यस्तै समस्याकै बीच आफ्नै क्षेत्रको एमएलए चन्द्र किशोर सिंहसँग बजेट माग गर्ने सहमति हुन्छ।
प्रधान आफ्नो टिमसँगै एमएलए चन्द्र किशोरलाई भेट्न उनकै निवाशमा पुग्छन। बडो मुस्किलले भेट हुँदा पनि एमएलए चन्द्र किशोरले भोटको हिसाब किताब गर्छन्। उनले गाउँमा माहोल बनाएर आफूलाई निम्त्याउन आदेश दिन्छन। यतिकैमा आन्दोलनमा जानु पर्ने केही व्यक्तिको कमी भएपछि उनले प्रधानसँगै विकास र प्रल्हादलाई समेत पठाउछन्। बजेट पाइने आशमा प्रधानको टिमसमेत आन्दोलनमा होमिन्छ।
प्रधानले दिएको कोसेली मात्र नभई फाइल लिएर घरमै पुगेको आरोप उनलाई भुषणले लगाउछन्। यस्तो आरोपले अभिषेक निराश छन्।
उनीहरु रेल वे ट्रयाकमा पुगेर सो स्थानमा प्लेटफर्म हुनुपर्ने वा रेल वेको स्टप हुनुपर्ने माग राख्छन्। उनीहरुको माग र आन्दोलनमा प्रशासन कत्ति पनि गम्भीर छैन। आन्दोलन गर्ने क्रममा रेल वे ट्रयाकमा रहेकालाई हटाउने क्रममा प्रधानसँगै उनका साथीहरु विकास र प्रल्हाद पक्राउ पर्छन्। उनीहरु घरको सम्पर्कमा नआएपछि प्रधानकी पत्नी मन्जु देवीले खोजिदिन सचिवलाई आग्रह गर्छिन्। त्यसपछि सचिव अभिषेक प्रहरी कार्यालय पुगेर छुटाउछन्। यद्दपी यो एमएलए चन्द्र किशोरलाई मन पर्दैन। उनी थाना पुगेर आफ्नो कार्यकर्ता छुटाउन नपाउँदा सचिवदेखि क्रोधित हुन्छन्। उनलाई त्यो मन पर्दैन।
एमएलएले आफू प्रति नराम्रो व्यवहार गरेपछि रुष्ट बनेका अभिषेकलाई फकाउने हिम्मत पनि छैन, प्रधानमा। किनकी उनलाई बाटो पनि बनाउनु छ। बाटो बनाउन बजेट दिनसक्ने एमएलए चन्द्र किशोर नै हुन्। उनलाई गाउँ बोलाएर भीडको सामु कबुल गराउन प्रधान सहितको टिमले किर्तन लगाउने तयारी गर्छन। त्यहाँ बोलाएर भीडभाड देखाएर एमएलएको सामु हिरो बन्नुछ प्रधानलाई। यद्दपी यो कार्यदेखि सचिव अभिषेक रुष्ट छन्। उनी आफूलाई दुरव्यवहार गर्ने एमएलए गाउँमा प्रमुख अतिथि बनेर आउँदा सहर फर्किने सोचमा छन्।
एमएलएसँगको अभिषेकको कनफ्लिक्ट, प्रधानको राजनीति, भुषणको तगारो नै दोस्रो सिजनको मुख्य कथा हो। यद्दपी यसलाई सरल तरिकाले प्रस्तुत गरिएको छ। उत्तर प्रदेशको गाउँ भएकाले नेपाली चाड तीजको प्रसँग समेत सिरिजमा छ। यसको बारेमा चर्चा गरिएको मात्र छैन, फुलेराका महिलाहरु व्रतसमेत बस्छन। यो सिरिजले अहिलेको आधुनिक पुस्तालाई गाउँले जीवनको यात्रा गराएको छ। अहिले पनि हाम्रै नेपालको तराइका केही स्थानमा यो किसिमको जीवनशैली छैन भन्न सकिन्न। यद्दपी सहरिया वा ओटीटीको पहुचमा रहेर सिरिज हेर्ने दर्शकको धेरै संख्यालाई यसबारे कमै ज्ञान होला।
विकास र प्रल्हाद सिम्पल छन्। प्रधान र सचिवकै सपोर्टमा उनीहरुको दैनिकी छ। उनीहरु सरल छन्। भुषण विद्रोही छन्। उनी अनावश्यक रुपमा समेत बखेडा नगर्ने होइनन्।
निर्देशकले सिरिजमार्फत् गाउँमा सीसीटीभी जडान गरिरहेको देखाएका छन्। यद्दपी त्यो गाउँलाई हाइवेसँग जोड्ने सदस जिर्ण छ। बजेटको शीर्षक नमिल्दा बाटो बनाउन नसकेर सीसी टीभी जडान गर्न गाउँ बाध्य छ। त्यो समस्यालाई गाउँका अन्यले बुझेका छैनन्। सीसीटीभी जडान गरेपछि एक जना त्यहाँ आफ्नो बाख्रा हराएको भन्दै फुटेज हेरिदिन आग्रह गर्छन्। यसले अहिले स्थानीय तह नबुझेर छुट्याइने बजेटलाई व्यंग गरेको छ।
प्राथमिकतामा रहेका विषयलाई नजरअन्दाज गर्दा आउने समस्या हो यो। सचिव अभिषेककै पात्रले पनि अहिले विशेषत तराईंमा देखिने समस्यालाई भोगेका छन्। प्रधान आफू उम्मेदवार बन्न अयोग्य भएपछि पत्नी मन्जु देवीलाई पंचायत प्रमुख बनाएका छन्। मन्जुलाई झण्डामा स्यालुट गर्नसमेत आउदैन। उनी पञ्चायत जादिनन्। उनलाई हस्ताक्षर आउदैन। यो समस्यालाई एउटा शिक्षित सचिवले झेलिरहेका छन्। उनले हस्ताक्षर गराउनसमेत प्रधानकै घर पुग्नु पर्ने बाध्यता छ। उनको भोगाइ र पीडाले शिक्षित कर्मचारी र असाक्षर जनप्रतिनिधि बीचको तालमेललाई व्यंग गरेको छ।
उनी गाउँमा घुलमेल त भएका छन्। यद्दपि उनलाई असाक्षरताले परिरहेको समस्या व्यंग नै हो। खुला दिसापिसाब मुक्त गाउँ घोषित गरेपछि जिल्ला अधिकारी अनुगमनको लागि आउँदा भुषणले गाउँले एक क्यारेक्टरलाई खुलामा शौच गरेर क्रान्ति गर्न सुझाएको दृश्य रमाइलो मात्र लाग्दैन। यसले फुलेराको मनस्थितिलाई समेत दर्शाउछ। हरेक घरमा सरकारले शौचालय निर्माण गरेता पनि गाउँलेको बानीमा परिवर्तन नआउँदाको समस्या त्यहाँ देखाइएको छ। प्रधान चुनाव जित्नकै लागि अन्तिम समयमा जोड गरेर एमएलएसँग बजेट ल्याउन कस्सिनछन्।
यहाँ गाउँमा हुर्किएको बच्चाहरु अझैँ अभिभावकसँग मित्रवत छैनन् भन्ने देखाउन खोजिएको छ। रिन्की आफ्नो परिवारको सट्टा त्यो समस्या सचिव अभिषेकलाई भन्ने सोच बनाउछिन्।
बुढेशकालमा आन्दोलनमा जानछन्, जेल पुगछन्। किनकी उनलाई बजेट दिने अन्य स्रोत छैन। उनको बाध्यता नै छ। उनको बाध्यता परिवारतर्फ छोरीको कन्यादान पनि गर्नुछ। एक परिवारसँग कुरा समेत हुन्छ। यद्दपी लोकेसन फरक पर्दा विवाह बारे कुरा अगाडि बढ्न सक्दैन। त्यसपछि रिन्कीलाई ती कुरा भइरहेको केटाले बारम्बार फोन गर्दा पनि उनले आफ्नो परिवारसँग सेयर गर्न सक्दिनन्। यहाँ गाउँमा हुर्किएको बच्चाहरु अझैँ अभिभावकसँग मित्रवत छैनन् भन्ने देखाउन खोजिएको छ। रिन्की आफ्नो परिवारको सट्टा त्यो समस्या सचिव अभिषेकलाई भन्ने सोच बनाउछिन्। उनी आफ्नो समस्यालाई खुलेर परिवारसँग साट्न सक्दिनन्।
विकास र प्रल्हाद सिम्पल छन्। प्रधान र सचिवकै सपोर्टमा उनीहरुको दैनिकी छ। उनीहरु सरल छन्। भुषण विद्रोही छन्। उनी अनावश्यक रुपमा समेत बखेडा नगर्ने होइनन्। तर, केही समस्या भने राम्रै उठाएका छन्। सडक नबन्नु, प्रधानको श्रीमतीलाई गाउँको प्रधान बनाएकोमा विरोध गर्नुले उनलाई विद्रोही बनाएको छ। यद्दपी केही कुरामा उनीमार्फत् नेताहरु गाउँमा आफैँ साक्षर छैनन् भन्ने प्रस्ट्याउछ। किनकी उनले शौचालयको मुद्दामा खुलामा शौच गरेर क्रान्ति गर्न सुझाउछन्, चप्पल हराएको विषयमा बखेडा मात्र गर्दैनन्, सीसीटीभीको फुटेजनै हेर्न लगाउछन्, आफू उम्मेदवार बन्ने लोभमा मात्र आफ्नो स्रोतको उपयोग गर्न दिन्छन्। उनको क्यारेक्टरले गाउँमा प्रधानी गरिरहेका र आउने दाउँमा रहेका उस्ता उस्तै मानसिकताबाट ग्रसित रहेको बुझाउछ।
आठ एपिसोडको पञ्चायत दोस्रो सिजन हेर्नु अगाडि पहिलो सिजन हेर्नुहोला। गाउँमै बगिरहेको कथाको विश्राम अनपेक्षित छ।
निर्देशक दीपककुमारले नयाँ पुस्तालाई गाउँ पञ्चायतसम्म पुर्याएका मात्र छैनन्। त्यहाँको समस्यासँग परिचित पनि गराएका छन्। स्थानीय तहमा आवश्यकता अनुसार बजेट नदिदा वा शीर्षक नमिल्दा आउने समय समेत चित्रण गरिएको छ। टिभीएफले कोटा फ्याक्ट्री, होस्टेल डेज झैँ पञ्चायतलाई पनि सशक्त बनाएको छ। यसले तपाईंको समयको सदुपयोग नै गर्छ। स–परिवार हेर्न मिल्ने सिरिजले सरल तरिकामा गाउँको वास्तविकतालाई चित्रण गरेको छ। यी यस्ता फुलेरा तराईमा पनि धेरै छन्। जहाँ स्थानीय तहमा जनप्रतिनिधि आफ्नो क्षमता भन्दा पनि आफ्नो नातावाद, जातिवाद वा कृपावादको भोटले बन्ने गरेका छन्। उनीहरु त्यहाँ विकाश भन्दा पनि शासन गर्न प्रेरित हुन्छन् भन्ने तथ्यलाई सिरिजमा देखाउन खोजिएको छ।
आठ एपिसोडको पञ्चायत दोस्रो सिजन हेर्नु अगाडि पहिलो सिजन हेर्नुहोला। गाउँमै बगिरहेको कथाको विश्राम अनपेक्षित छ। मेकर्सले तेस्रो सिजन आउने संकेत गरेका छन्। यद्दपी यो सिजनको विश्रामको बारेमा सिरिज हेर्दै गर्दा पनि सोच्ने कमै हुन्छन। निर्देशकले गाउँलाई सहर वा राज्यसँग सरल तरिकाले जोडेका छन्। उनले गाउँबाट सहरले प्राप्त गरिरहेको तरकारीदेखि भोटसम्मलाई देखाउदा सहर र यहाको गाउँलाई फर्काउन नसकेको विकासको अभावलाई सरल तरिकाले व्याग्यात्मक शैलीमा प्रस्तुत गरेका छन्।