मनोरञ्जन

‘खुसीका मुहान’ मा नग्मा र सागर

By खबरहब

June 25, 2022

काठमाडौँ– गायक राजेश पायल राईको स्वरमा रहेको ‘खुसीका मुहान’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा राज मुकारुङको शब्द रहेको छ, भने अम्बर तुम्बापो सुब्बाको संगीत रहेको छ । एआरको प्रस्तुतीमा बनेको गीत काठमाडौँमा एक कार्यक्रमका बिच सार्वजनिक गरिएको हो ।

निर्देशक तथा गायक सुरज तामाङले निर्देशन गरेको म्युजिक भिडियोमा प्रेमिल जोडीको जिवनमा आउने जातिय अवरोधको सेरोफेरोलाई प्रस्तुत गरिएको छ । मोडल नग्मा श्रेष्ठ र सागर थापा ध्रुव यस म्युजिक भिडियोमा फिचर्ड छन् । खुसिका मुहान गीतको बारेमा बोल्दै मोडल नग्माले गीत जस्तै भिडियो पनि राम्रो बनेकाले दर्शकको प्रतिकृयाको पर्खाइमा रहेको बताइन् ।

 यस भिडियोमा फराज अर्पणको डिओपी, बिशाल थापाको सिनेमाटोग्राफी र ज्वाला राईको सम्पादन र कलर रहेको छ । यो गीतमा साहस शाक्यको एरेञ्ज र चन्द्र चौधरीको मिक्सिङ, मास्टरिङ रहेको छ ।