देश/प्रदेश

थप २७ जनामा कोरोना संक्रमण 

By खबरहब

June 25, 2022

काठमाडौँ-  पछिल्लो २४ घण्टामा नेपालमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर गरिएको ९ सय ३७ पिसिआर परीक्षणका क्रममा २३ जना र ८ सय ६५ एन्टीजेन परीक्षणका क्रममा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

 कोरोनाका कारण शनिबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १६ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ३ सय ७२ जना निको भएका छन् ।

 हाल नेपालमा १ सय ८८ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।