सांकेतिक तस्बिर

देश/प्रदेश

गुल्मीमा ९० वर्षीय वृद्ध खोलामा मृत फेला

By खबरहब

June 25, 2022

गुल्मी– गुल्मीको चन्द्रकोट गाउँपालिकाका एक ९० वर्षीय वृद्ध खोलामा मृत फेला परेका छन् ।

चन्द्रकोट गाउँपालिकाका–७ रुपाकोट निवासी ९० वर्षीय नरहरि भण्डारी सत्यवती गाउँपालिका–६ को उर्लिखोलामा मृत फेला परेका हुन् ।

उनी बिहीबारदेखि घरबाट बेपत्ता भएको प्रहरीले जनाएको छ । खोजी गर्ने क्रममा खोलामा उनको शव फेला परेको र घटनाबारे अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।