समाचार

गुडिरहेको म्याजिक भ्यानमा अचानक आगलागी

By खबरहब

July 25, 2022

काठमाडौँ– उदयपुर जिल्लाको सदरमुकाम गाइघाटबाट सुनसरीको इटहरी जाँदै गरेको म्याजिक भ्यानमा अचानक आगलागी हुँदा पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।  गाइघाट बाट इटहरी हिँडेको म्याजिक भ्यानमा चौदण्डीगढी नगरपालिका ६ को अधिकारी होटल सँगैको उकालोमा अचानक आगलागी भएको स्थानीयले जनाएका छन् ।

आगलागीको खबर पाउने बित्तिकै चौदण्डीगढी नगरपालिका बाट आएको दमकल, नेपाल प्रहरी, शसस्त्र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए । सानो ब्यापार गर्दै सुन्सरी बाट उदयपुर आएका भ्यानका चालक एवं धनी मोतिराम खड्काको म्याजिक जल्दा भ्यानमा रहेको ४० कार्टुन थुप्पा बनाउने चाउमिन समेत जलेर नस्ट भएको छ ।

म्याजिक भ्यानमा रहेका चालक खड्का र भ्यानमा सवार एक व्यक्ति सकुशल रहेका छन् । म्याजिक पूर्णरुपम जलेर काम नलाग्ने भएको छ ।