राजनीति

‘कृषिप्रधान देशमा दुई खर्बभन्दा बढिको खाद्यान्न आयात हुनु लज्जास्पद’

By खबरहब

July 25, 2022

काठमाडौँ– सभामुख अग्निप्रसाद सापकोटाले कृषिप्रधान देशमा दुई खर्बभन्दा बढिको खाद्यान्न आयात हुनु लज्जास्पद र चिन्ताजनक विषय भएको बताएका छन् ।

गन्तव्य परिवारद्वारा सोमबार काठमाडौँमा आयोजित घर एक उद्यमशील सदस्य अभियानको शुभारम्भ गर्दै सभामुख सापकोटाले कृषिप्रधान देशमा आन्तरिक उत्पादन बढाउनुपर्नेमा दुई खर्ब ५० करोडको खाद्यान्न आयात हुनु लज्जास्पद र चिन्ताजनक भएको भन्दै युवाहरूलाई स्वदेशमा नै परिचालन गरि उत्पादन वृद्धिमा ध्यान दिनुपर्ने बताएका हुन् ।

नेपालका युवाहरू विदेशका हरेक निकायमा रहेको भन्दै उनीहरूलाई स्वदेशमा नै परिचालन गर्दै मुलुकको आर्थिक विकासमा ध्यान केन्द्रित गर्नुपर्ने उनले बताए । सभामुख सापकोटाले गुन्द्रुक, जनै लगायत पछिल्लो समय खरानी समेत विदेशबाट ल्याउनुपर्ने अवस्था अन्त्य गरेरै छाड्नुपर्ने धारणा राखे । उनले युवाहरूको आवाजलाई राष्ट्रले धेरै राम्रोसंग बुलन्द गरिरहेको र त्यसको संकेत काठमाडौँ र धरानमा देखिन थालेको जिकिर गरे । युवाहरूको भावनालाई बुझ्न नसके मुलुक अझै पछि पर्ने उनको भनाई छ ।

कार्यक्रममा विभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।