तस्वीर- इरानप्रेस

अन्तर्राष्ट्रिय

बाढीमा परी अफगानिस्तानमा ५ जनाको मृत्यु

By खबरहब

July 25, 2022

काठमाडौँ- अफगानिस्तानमा आएको बाढीमा परी ५ जनाको मृत्यु भएको छ । मुलुकको पूर्वी नानगरहार प्रान्तमा आएको बाढीमा अरु १० जना घाइते भएको प्रान्तीय गभर्नरको कार्यालयले जनाएको छ ।

विनाशकारी बाढीले प्रान्तीय राजधानी जलालाबाद र प्रान्तका केही जिल्लाहरूमा तीन सय २० घर र सयौं एकड खेतबारी पनि बगाएको कार्यालयले विज्ञप्तिमा जनाएको छ ।

राजधानी काबुललाई पूर्वी प्रान्तसँग जोड्ने सडकमा रहेको एउटा प्रमुख पुल पनि बाढीले बगाएको विज्ञप्तिमा जनाएको छ । उक्त सडक अहिले बन्द गरिएको छ ।

दुई दिनअघि अफगानिस्तानको पञ्जशिर र तखार प्रान्तमा भारी वर्षा र बाढीले ठूलो धनजनको क्षति पुर्याएको थियो। यद्यपि, कुनै पनि मानवीय क्षतिको विवरण प्राप्त भएको छैन ।