तस्बिर स्रोत : आरजु राणा देउवाको फेसबुकबाट

राजनीति

दिल्लीमा डा. आरजु देउवाको पाठेघरको शल्यक्रिया सम्पन्न

By खबरहब

July 25, 2022

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.आरजु राणा देउवाको शल्यक्रिया सम्पन्न भएको छ । आरजुको भारतको नयाँदिल्लीस्थित म्याक्स अस्पतालमा पाठेघरको शल्यक्रिया भएको हो।

सामाजिक सञ्जाल फेसबुकमा सन्देश लेख्दै देउवाले आफ्नो शल्यक्रिया सफल भएको बताएकी हुन्।

उनले आफ्नो सफल शल्यक्रिया र उपचारका लागि प्रा.डा. हरित चतुर्वेदी र डाक्टर कन्किता बत्रा मोदीलाई धन्यबाद दिएकी छन्। दिल्लीको म्याक्स अस्पतालमा प्रा. डा हरित चतुर्वेदी नेतृत्वको टीमले देउवाको उपचार गरेको थियो ।

उपचारको शिलशिलामा आरजु दिल्ली गएको भए पनि राजनीतिक भागबण्डा मिलाउन गएको भनेर आलोचना भएको थियो । आरजु दिल्लीमै रहेको समयमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दिल्ली गएका थिए ।

स्वदेश फर्केपछि प्रचण्डले आरजु उपचारकै लागि दिल्ली गएको र आफूहरूको भेट संयोग भएको बताएका थिए ।