फाइल तस्वीर

अन्तर्राष्ट्रिय

अफगानिस्तानले पाकिस्तान निर्यात हुने कोइलाको मूल्य बढायो

By खबरहब

July 25, 2022

काठमाडौँ– अफगानिस्तानले छिमेकी मुलुक पाकिस्तानतर्फ निर्यात हुने कोइलाको मूल्य बढाएको छ ।

अफगानिस्तानको खानी एवम् पेट्रोलियम मन्त्रालयले पाकिस्तानतर्फ निर्यात हुने कोइलाको मूल्य वृद्धि गरिएको जनाएको हो ।

अफगानिस्तानको टोलो न्युज टेलिभिजन च्यानलका अनुसार अफगानिस्तानले पाकिस्तानतर्फ निर्यात गर्ने कोइलाको मूल्यमा ८० अमेरिकी डलर प्रतिटन वृद्धि गरेको छ ।

अफगानिस्तानको खानी एवम् पेट्रोलियम मन्त्रालयका प्रवक्ता एस्मतुल्लाह बुरहानले जनाएअनुसार यसअघि २ सय अमेरिकी डलर प्रतिटन रहेको कोइलाको मूल्य बढेर अब २८० डलर प्रतिटन पुगेको छ ।

अफगानिस्तानले पछिल्लो दुई महिनायता १० हजार टन कोइला पाकिस्तानतर्फ निर्यात गरेको जनाइएको छ । यीमध्ये अधिकांक कोइला पाकिस्तानी सेनासँग सम्बन्धित कम्पनीहरुले खरिद गरेका छन् ।