तस्बिर: फेसबुक/ भुवन केसी

अन्य

चलचित्र विकास बोर्डमा भुवन केसी नियुक्त

By प्रदीप कार्की

July 25, 2022

काठमाडौँ- अन्तत: सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डमा रिक्त रहेको अध्यक्ष पदका लागि अभिनेता, निर्माता तथा निर्देशक भुवन केसीलाई नियुक्त गरेको छ ।

आज बसेको मन्त्रीपरिषदको बैठकले अभिनेता केसीलाई आउँदो दुई वर्षको लागि बोर्ड अध्यक्षमा नियुक्त गरेको हो । दयाराम दाहालको कार्यकाल सकिएपछि रिक्त रहेको पदलाई पुर्णता दिइएको हो ।

यसको घोषणा भने भोलि गर्ने तयारी भइरहेको छ । भुवनसँगै बोर्ड अध्यक्ष बन्ने दौडमा सम्झना उप्रेती रौनियार, नरेश पौडेल रहेका थिए ।