देश/प्रदेश

सोलुखुम्बुको माप्यदुधकोशीमा प्रहरीले नष्ट गर्‍यो गाँजाका बोट

By खबरहब

July 25, 2022

सोलुखुम्बुमा प्रहरीले गाँजाका विरुवाहरु फडानी गरेको छ ।

प्रहरी चौकी खरिखोलाबाट गएको टोलीले माप्यदुधकोशी गाउँपालिका वडा नं.०१ हेल्कु स्थित सार्वजनिक जग्गामा प्राकृतिक रूपमा आफै उम्रिएका गाजाका विरुवा फडानी गरेको हो ।

लागूऔषध प्रयोगकर्ता बढ्दै गएको पाइएपछि गाँजाका विरुवा नष्ट गरेको प्रहरीले जनाएको छ ।