फाइल फोटो

खेलकुद

राष्ट्रिय खेलकुद परिषद्को बोर्ड बैठक आगामी आईतबार बस्ने

By खबरहब

July 25, 2022

काठमाडाैँ- राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड बैठक आगामी आईतबार बस्ने तय भएको छ । युवा तथा खेलकुद मन्त्री महेश्वरगंज गहतराजले परिषद्को १ सय १३ औं बोर्ड बैठक साउन १५ गते आइतबारका लागि बोलाएका हुन् ।

बैठक सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयको बैठक हलमा बस्ने छ । राखेपको वार्षिक कार्य योजना र नवौं राष्ट्रिय खेलकुदको तयारीको विषयमा छलफल हुने राखेप सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिएका छन् ।

नयाँ आर्थिक वर्ष सुरु हुदै गर्दा मन्त्रालयले वार्षिक कार्य योजना सहितको छलफल गर्न बोर्ड बैठक बोलाएको हो । राष्ट्रिय खेलकुद विकास ऐनमै परिषदको काम, कर्तव्य र अधिकारमै बोर्ड बैठकले वार्षिक योजना, कार्यक्रम तथा बजेट स्वीकृत गर्ने घिसिङले बताए ।