अपराध

चर्को आवाज निकाल्ने ८९ मोटरसाइकल प्रहरीको कारवाहीमा

By खबरहब

July 25, 2022

काठमाडौंमा चर्को आवाज निकाल्ने मोटरसाइकललाई ट्राफिक प्रहरीले कारवाही गरेको छ । ट्राफिक प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले मोडिफाइ गरेर चर्को आवाज निकाल्ने मोटरसाइकललाई कारवाही गरेको हो ।

सोमबार १९ वटा बुलेट र ७० वटा क्रसफायर गरी ८९ वटा मोटरसाइकललाई जरिवाना गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

चेकजाँचको क्रममा बुलेट मोटरसाइकलको साइलेन्सको पछाडि पातामा रबर राखेर ठुलो आवाज निकाल्ने गरेको भेटिएको छ । मोडिफाइ गरेको कसुरमा चालकलाई पहिलोपटक ५ सय जरिवाना गरिएको प्रहरीले बताएको छ ।