काठमाडौँ – नेपाली राजनीतिमा डा. बाबुराम भट्टराईको लामो योगदान रहेको छ । प्रधानमन्त्री हुँदा काठमाडौँका सडक ठूला बनाइएको श्रेय उनैलाई जान्छ । अर्थमन्त्री हुँदा अर्थव्यवस्थामा सुधार ल्याएको भन्दै उनको तारिफ हुन गर्छ । पछिल्लो समय भने उनी त्यति धेरै चर्चामा छैनन् । निर्वाचन मिति नजिकिएसँगै डा. भट्टराईले चुनावमा उठ्ने निर्णय गरिसकेका छन् । उनले आगामी निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिह्न लिएर उम्मेदवारी दिँदैछन् । डा. भट्टराईसँग लामो समय काम गरेका कृषिविद् एवम् राजनीतिज्ञ मदन राईसँग खबरहबका लागि खबरहबले गरेको कुराकानीको सम्पादित अंश:
अहिले डा. बाबुराम भट्टराई माओवादी केन्द्रमा फर्किएजस्तै गरी एकता र एउटै चुनाव चिन्हमा उम्मेदवारी दिने सहमति भएको छ, तपाईँले यसलाई कसरी हेर्नुभएको छ ?
उहाँप्रतिको मेरो सोच हिजो पनि सकारात्मक नै थियो र आज पनि सकारात्मक छ । म संसार डुलेर राजनीतिमा धेरै सहभागी भएपछि थाहा पाएअनुसार राजा र कम्युनिस्ट एकै खालको अधिनायकवादी शक्ति र भव्य त्यसैमा मस्ती गर्ने खालको मान्छेको झुन्ड या समूहलाई समयले ल्याएर एक ठाउँमा राखेको हो । त्यसैले म छुट्याउँदैनथेँ । त्यसैले राजा खेद्नमा माओवादीलाई सघाइयो । कम्युनिस्टको पालामा म एन्टीकम्युनिस्ट हो भने र ५६ सालमा काँग्रेस छोडेर यो अब सकिन्छ भनेर मार्स प्रेस पार्टीमा नै जग बनाउनुपर्छ । लोकतान्त्रिक पार्टी भनेर ५६ देखि ७२ सालसम्म बसेँ र बाबुराम जी ले मलाई फोन गरेर म पनि एन्टी कम्युनिस्ट भएँ भन्नुभयो र त्यसपछि त्यो यात्रा गर्दा वैचारिकताको आवश्यकता, लोकतान्त्रिक पार्टीको आवश्यकता लगायत सबै कुराको छलफल गर्दै यहाँसम्म आउँदा म उहाँलाई गाली गर्न चाहन्नँ ।
उहाँको कमजोरी के भयो भने परिवारको प्रेसर र नजिकको आफ्नो साथीहरूको शक्तिप्रतिको मोहप्रति जान सक्नुभएन। अहिले पनि उहाँको हामीप्रति वैकल्पिकता सम्वृद्धि चाहेको हो शक्ति चाहेको हैन । हामी शक्तिमुखी राजनीति हैन सेवामुखी, भोटमुखी, मतदानमुखी हुनुपर्यो भनेर ७ वर्ष उहाँले पनि टीका लगाउनुभयो ।
नयाँ शक्ति पार्टी विघटन गरेर उहाँले विभिन्न मधेसवादी दलसँग एकता गरेर पनि हिँड्नुभयो , त्यसपछि जसपासँग हुँदा पनि तपाईँहरू सँगसँगै हुनुहुन्थ्यो, बाबुराम भट्टराईको प्रवृत्तिप्रति तपाईँको अहिले पनि रोष हो ?
मसँग अर्को विवाद भएको भए यो देशमा बाहुन बाहेक अरूले शासन सत्ता चलाए भने हावा खान्छ । जातीयताको म विरोधी हो । तर राजाले नेपालमा धेरै वर्ष जातीयताका आधारमा शासन चलायो । त्यसमा बाबुराम जी पनि जातीयताको विरोधी हो । किनभने उहाँ जत्तिको कोही पनि राजनेता मैले देखेको छैन ।
मुख्य त उहाँले शिक्षा क्षेत्रमा ठूलो योगदान दिनुभएको छ । अहिलेको जस्तो स्वतन्त्रता पहिला राजाको पालामा थिएन । यो अहिले बाबुरामको गणतन्त्रको उपलब्धि हो । अर्थमन्त्री हुँदा नेपालको अर्थतन्त्रको ढुकुटीलाई फराकिलो पार्नुभयो । प्रधानमन्त्री हुँदा यातायातमा सहरको बाटो फराकिलो बनाइदिए र त्यसपछि मध्ये पहाडी लोकमार्गको मार्ग चित्र बनाएर धेरै उनले योगदान गरेका छन् । उनी मानिस हुन् उनले आफ्नो परिवार पाल्छ । त्यसैले ठूला जातका मानिसले यो सानो जातको भएर यति गर्यो भनेर भनेका हुन् ।
तपाईले किन साथ छोड्नुभयो त ?
हामी जोडिदा उहाँ पनि एन्टी कम्युनिस्ट, म पनि भएका हुनाले जोडिएको थियौँ । तर, पछि त्यही फटाहा प्रचण्डसँग शरण लिनुभयो । त्यतिबेला मैले र अन्य दलहरुले अब तपाई चुनाव नलड्नुहोस् तपाई एउटा सल्लाहकार भएर बस्नुहोस् भन्यौँ तर उहाँले हामीलाई हुन्छ त भन्नुभयो तर चुनाव छोड्नु भएन ।
भट्टराई आफ्नो व्यक्तित्व घट्दै गएकाले प्रचण्डको नजिक पुगेका हुन् त ?
पछि त्यसमा महेन्द्र राय यादवहरू मधेसबाट थपिनुभयो त्यसको पनि व्यवस्थापन गर्नुपर्यो । त्यो छलफल गर्ने क्रममा प्रचण्डसँग पुग्नुभयो अन्य पार्टीका नेताहरुसँग पनि पुग्नुभयो । तर, बाबुरामलाई प्रयोग गरेर ध्वस्त बनाउने प्रचण्ड नै हो । किनभने नयाँ शक्ति निर्वाचन आयोगमा दर्ता भएको पपुलर पार्टी सबैलाई बढी भत्ता दिन्छ भन्ने थियो तर चुनाव चिन्ह नदिएपछि हामीले ३५ हजार पदमा स्वतन्त्र लड्नुपर्यो । त्यो बेला नाकाबन्दीमा मधेसमा मधेसवादी पार्टीहरूले भारतको पक्ष लिएको हुनाले पहाडमा त्यसको ठूलो नकारात्मकता फैलियो र त्यो चिन्ह लिएपछि हामी सकिएको त्यहाँबाट हो । मैले त्यति बेला नै छोडेको थिएँ फेरि विचार मिल्ने हुनाले मिलेर जाऔँ भन्दा उहाँले एकल निर्णय गरेर नमिल्ने भन्नुभयो ।
बाबुराम भट्टराईको यो माओवादीसँगको तालमेलमा फर्किनुलाई धेरैले आलोचना गरेका छन् यसलाई तपाईले कसरी हेर्नुहुन्छ ?
बाबुराम भट्टराई प्रधानमन्त्री समेत भइसकेका व्यक्ति हुनुहुन्छ । उहाँले नेपाली राजनीतिमा धेरै योगदान गर्नुभएको छ । योग्य व्यक्ति कहिल्यै पनि शक्तिविहीन हुँदैन । उहाँलाई गाली गर्नेभन्दा बढी सम्मान गर्ने छन् । बाबुराम भट्टराई सकियो भन्नु एउटा भ्रम मात्र हो ।
तपाई स्वतन्त्र भए पश्चात् आउँदै गरेको निर्वाचनमा चुनाव लड्ने योजना छ कि ?
अबको राजनीति हामी सबै साथीहरू मिलेर यो जति पनि शक्ति, भक्ति र मस्ती गर्ने काँग्रेस एमाले माओवादी र अरू धर्म मान्ने राजावादीहरूको विरुद्धमा हामी रवि लामिछानेको समूह, विवेकशील साझा पार्टीको समूह एकजुट भएर स्वतन्त्र ढङ्गले पदमा लालच नगर्नेहरू र अहिलेको स्वतन्त्र अभियानमा पश्चिममा गोपी हमाल गोपाललाई मध्यमा बालेनलाई र पूर्वमा हर्कलाई सङ्गठित गराएर शक्ति, भक्ति र मस्ती गर्नेहरूको विरुद्धमा हामी सेवा र समृद्धिको राजनीति बनाउने प्रयास गरेका छौँ । कम्युनिस्ट र काँग्रेसको विलासीपनलाई अब जनताले बिदा गर्नुपर्छ । हरेक निर्वाचन क्षेत्रमा बिदाइ गर्नुपर्छ ।
तपाईँहरूले यी धेरैपटक प्रधानमन्त्री भएका नेता वृद्ध नेतालाई यो आउँदो चुनावमा हटाउन सक्नुहुन्छ ?
मूल ब्वाँसोहरु शेरबहादुर देउवा, खड्क प्रसाद ओली, प्रचण्ड, माधव नेपाल र अहिले बाबुराम पनि हुन् । यी ब्वाँसोहरुलाई हराउनुपर्छ । हामीले हराउने हैन । जनताले हराउने हो । हामीले जनताहरूलाई आह्वान गर्ने हो । हामीले जनताहरूलाई कति समयसम्म ब्वाँसोहरु पालेर बस्नुहुन्छ भन्छौँ । उमेर ज्ञान र समृद्धि भएका व्यक्तिहरूलाई जिम्मेवारी दिनु पर्दछ ।
(प्रस्तुति: पुष्पाञ्जली बस्नेत)